FAQS

श्रीयोग डट कम मा कति वटा समूह हरु छन् ?

अहिले ७८ समूहहरु छन् तर माग र आवश्यकता अनुसार यो बढ्दै जानेछ ।

मैले मेरो ठाउ / महानगरपलिका / नगरपालिका / गाउपालिकाको नाम देखिन , के गर्ने ?

सम्पर्क पेज बाट हामी लाइ म्यासेज गरेर जानकारी गराउन सक्नु हुन्छ ।

मैले २५ रुपैया अतिरिक्त तिर्नु पर्‍यो , किन ?

आफैले श्रीयोग डट कममा विवरण राख्नको लागि एउटा समुहमा एक वर्षको लागि रु १०० तिर्नु पर्छ र बाहिर अरु कसैले भरिदेको खण्डमा रु २५ अतिरिक्त लिएको मात्र हो ।

म श्रीयोग डट कम मा बिज्ञापन गर्न चाहन्छु, मैले क गर्नु पर्छ ?

अहिले श्रीयोग डट कममा बिज्ञापन राख्ने योजनामा हामी छैनौ, भविष्यमा गर्न सकिने छ ।

दर्ता रकम कसरी तिर्न सकिन्छ ?

श्रीयोग डट कम को वेबसाइट वा मोबाइल यप्प्स बाट विवरण ( www.sriyog.com/register ) भर्नुहोस् भन्ने पेजमा गई आफ्नो विवरण भरे पश्च्यात इ सेवा , खल्ती र अन्य पेमेन्ट गेटवेको मार्फत बाट तिर्न सकिन्छ ।

शुल्क के को लागि ?

श्रीयोग डट कम निशुल्क रुपमा काम गर्ने र दक्ष जनशक्ति खोज्ने व्यक्तिहरु लाइ लक्षित गरेर संचालन भएको सेवा हो , हामी वेबसाइट , मोबाईल यप्सको माध्यम बाट सेवा दिने गरेको छौ , येही सेवा लाइ पारदर्शी बनाउनको लागि एउटा सानो शुल्क लिएको मात्र हो , हामीले २ वर्ष निशुल्क रुपमा एस्लाई संचालन गर्यौ ।

मेरो नाम , विवरण श्रीयोग डट कम मा पहिले नै रहेछ , के मैले अब पैसा तिर्नु पर्छ ?

पहिले नै छ भने पर्दैन, तर भोलिको दिनमा भेरिफिकेसन गर्नु पर्ने अवस्था मा भने लाग्छ ।

फोन बाट पनि सेवा दिनु हुन्छ ?

तत्कालै यो सेवा सुचारु भएको छैन , टोल फ्री नम्बर राखेर यो सेवा दिने सोचमा छौ ।

जागिरको जिम्मा लिनु हुन्छ ?

हैन, लिदैनौ , हामि सम्बन्धित क्षेत्र मा नाम र नम्बर दर्ता गर्ने काम गर्छौ , तपाई को सिप वा काम संग मिल्ने व्यक्ति ले तपाइलाई आफै सम्पर्क गर्नु हुन्छ, अनि फेरी श्रीयोग डट कम जागिर भन्दा पनि पार्ट टाइम काम गर्न को लागि मात्र हो ।

म कति दिनमा काम पाउछु ?

वेबसाइट र यप्समा नाम नम्बर दर्ता हुन्छ, खोज्ने व्यक्तिहरुले तपाइलाई संपर्क गर्नु हुन्छ, यो प्रक्रिया क्रमिक रुपमा चल्दै जानेछ, अहिले विवरण दर्ताको स्टेज मा छौ , सबै पेशा र छेत्रमा नाम भरिए पछि हामी तेस कुरा लाइ प्रबर्दन गर्ने छौ ।